![]()

काठमाडौं । संघीय संसदबाट नागरिकता ऐन संशोधन विधेयक आजै पारित हुने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको अन्तिम कार्यसूचीमा नागरिकता विधेयक पारित गर्ने उल्लेख भएकाले आजै पारित हुने भएकोहो ।
यसअघि प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको विधेयक पुर्नविचार आवश्यक रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाइदिएकी थिइन् ।
पुनर्विचारका लागि भन्दै राष्ट्रपतिले प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको विधेयक आजै संसदले हुबहु पारित गर्न लागेको छ । ३१ साउनमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता पठाएको विधेयक हुबहु पारित गर्ने निर्णय गरेअनुसार आज संसदबाट पारित हुन लागेको एक नेताले बताए ।
संसदका दुवै सदनबाट पास भइसकेको नागरिकता सम्बन्धी विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए । तर राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् ।
।


