Breaking News.... EverestOnlineKhabar
April 19, 2026

एकीकृत समाजवादीले उम्मेदवार छनोटका बनायो ८ वटा मापदण्ड

Loading

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ८ वटा मापदण्ड तय गरेको छ ।

भदौ १ गते बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले उम्मेदवारका लागि ८ वटा मापदण्ड तयार गरेको महासचिव बेदुराम भूसालले जानकारी दिए ।

जुन यस्ता छन्ः
१) पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिवद्ध रहेको ।
२) विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेको ।
३) पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ ।
४) आर्थिक एवं नैतिक आचरण राम्रो रहेको ।
५) जनतामा स्थापित र लोकप्रिय ।
६) स्वच्छ छवि भएको र सुशासनको पक्षपाती ।
७) कार्यक्षमता राम्रो भएको र सक्रिय ।
८) समावेशीताको सिद्धान्त विपरीत नहुने ।

सम्पन्न बैठकले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समाजवादीले भदौ २० गतेभित्र उम्मेदवार छनोट गरिसक्ने कार्यतालिका समेत बनाएको महासचिव भूसालले बताए।

उनकाअनुसार भदौ १२ गतेभित्र जिल्ला कमिटीले प्रदेश कमिटीमा नाम सिफारिस गरिसक्ने, १५ गतेभित्र केन्द्रीय कमिटीमा नाम सिफारिस गर्ने र २० गतेभित्र केन्द्रीय कमिटीले निर्णय गरिसक्ने समाजवादीको निर्वाचन तयारी कार्यतालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed