Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सिंहदरवारभित्र ग्यास प्रयोग भए नभएको बुझ्न क्यान्टिनको निरिक्षण गरेका छन् ।
उनले मन्त्रालय हातामा रहेको क्यान्टिन निरिक्षण गर्दै ग्यास सिलिण्डर विस्थापित भए नभएकोबारे जानकारी लिएका छन् । अर्थमन्त्रीको सचिवालयका अनुसार अर्थमा शतप्रतिशत विद्युतीय चुलो जडान गरी सिलिण्डर विस्थापित भएको पाइएको छ ।

मन्त्री शर्माले अर्थ मन्त्रालयमातहतका सिहंदरबार बाहिरका क्यान्टिनमा समेत सिलिण्डर हटाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्र रहेका क्यान्टिनबाट गर्ने जनाएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed