![]()

काठमाडौं । आगामी ४ मंसिरमा हुने निर्वाचनलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बहिस्कार गर्ने भएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विप्लवले भाग नलिई बहिस्कारको रणनीति लिएको छ ।
तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसंग तीनबुँदे सम्झौता गरेर शान्तीपुर्ण राजनीतिमा आएको घोषणा गरेको विप्लव नेतृत्वको पार्टी आफैमा फुटेर छिन्नभिन्न समेत भएको छ । शान्ति प्रक्रियमा आएपनि अझै पनि मुद्दाहरु फिर्ता नभएको भन्दै विप्लव समूहले आगामी निर्वाचनमा भाग नलिएको समेत बताइन्छ ।


