Breaking News.... EverestOnlineKhabar
April 19, 2026

निर्वाचनको तयारीबारे माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै छ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारीका बिषयमा छलफल हुने माओवादीले जनाएको छ ।

बैठकमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानले राखेका सर्त र चुनावी रणनीतिबारे बिषेश छलफल हुने एक नेताले बताए।

वामदेव गौतम प्युठानबाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । उनले प्रदेशमा २ र प्रतिनिधि सभामा १ सिट दाबी गरेका छन् । बाबुराम भट्टराई गोरखाबाट चुनाव लड्ने तयारीमा छन् । तर, यि दुबै क्षेत्रमा माओवादीका नेताकै दावी रहेकाले मिलाउन केहि सकश देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed