![]()

काठमाडौं । आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल हुने भएपछि सिट भाँडफाँट गर्न गठित कार्यदलको बैठक आज बस्दैछ ।
आज अपरान्ह बस्ने बैठकमा कुन दललाई कति सिट छुट्याउने भन्ने बिषयमा छलफल हुने बताइएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दिउँसो बस्ने बैठकले प्रतिनिधिसभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० सिटमा कुन दललाई कति सिट बाँडफाँट गर्ने भन्नेबारे प्रारम्भिक खाकामा छलफल हुने नेताहरुले बताएका छन्।


