![]()

काठमाडौं । वामदेव गौतमले नेतृत्व गरेको एकता राष्ट्रिय अभियानले पनि माओवादी केन्द्रको चुनाव चिन्ह प्रयोग गर्ने भएके छ । नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेसंगै गौतम पनि माओवादीसंग मिलेर चुनाव लड्ने भएका हुन् ।
तर, गौतमले कुन ठाउँमा लड्ने भन्ने कुरा यकिन हुन सकेको छैन् ।


