![]()
२०७७ पुस २४ । सरकारले भारतमा फैलिएको बर्ड फ्लु नेपाल भित्रिन नदिन तत्कालका लागि कुखुराका लागि प्रयोग हुने सामग्री आयातमा रोक लगाएको छ । भारतबाट अव कुखुरा, कुखुराका दाना, अन्डा तथा मासुजन्य वस्तु आयात गर्न नपाइने भएको छ ।
काँकडभिट्टा, विराटनगर, जनकपुर, वीरगञ्ज, काठमाण्डौ, भैरहवा, नेपालगञ्ज र गड्डाचौकीका पशु क्वरेण्टीन कार्यालयले भारतबाट बर्ड फ्लु भित्रिन नदिन चेक जाँच गर्न थालेको छ। भारतको महाराष्ट्रका साथै विभिन्न शहरमा बर्ड फ्लुको सङ्क्रमण फैलिएपछि नेपालमा कडाइ गरिएको हो । भारतबाट कुखुरा आयातमा बिशेष सतर्कता अपनाउन कृषि मन्त्रालयले आग्रह गरेको छ । यसैगरी कही ठूलो संख्यामा कुखुरा मरेमा अथवा बर्ड फ्लुको लक्षण देखिए तुरुन्त मन्त्रालय वा नजिकैको कार्यालयमा सम्पर्क गर्न पनि कृषि तथा पशुपंक्षी मन्त्रालयले आग्रह गरेको छ ।।


