![]()
२०७७ पुस २४ काठमाडौं । नेपालमा हिजोको २४ घण्टामा ४१२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५१३२ जनाको गरिएको पीसीआर परीक्षणमा ४१२ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ४८३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५६ हजार ६ सय ४४ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ४ प्रतिशत रहेको छ । कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १९०३ रहेको छ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा २५१ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा १९८, भक्तपुरमा २५ र ललितपुरमा २८ जना संक्रमित थपिएका हुन् ।।


