![]()
२०७६ चैत्र २७, काठमाडौं । सौर्य उर्जा उत्पादक संघका महासचिव तथा सोलार होम्स प्रालिका प्रबन्ध निर्देशक भरत मल्लले चैत महिनामा आफ्नो घरको भाडा नलिने घोषणा गरेका छन् । उनले नेपालमा कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथाम गर्न नेपाल सरकारको प्रयासलाई सकारात्मक रुपमा लिदै सरकारको आव्हान बमोजिम भाडामा बस्नेलाई चैत महिनाको आफ्नो घरको भाडा नलिने घोषणा गरेका हुन् । व्यवसायी मल्लले लकडाउन अर्को महिना पनि लम्बिए अर्को महिनाको भाडा छुट गर्न आफू तयार रहेको बताए । उनले घरभाडामा दिनेहरुले देशको अवस्था अनुरुप विपदको यो अवस्थामा देश र नागरिकलाई आफ्नो तर्फबाट कुनै न कुनै योगदान दिन पनि सबै घरधनीलाइ अपिल गरेका छन् ।


