Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

नेकपा जिल्ला कमिटि झापाले कोरोना नियन्त्रण र रोकथामकालागी एक लाख रुपैँया जम्मा गरेको विज्ञप्ती मार्फत जनाएको छ । जिल्ला समन्वय समिति झापाले बनाएको कोषमा एक लाख रुपैँया जम्मा गरेको नेकपाका झापा जिल्ला अध्यक्ष चिन्तन पाठक र सचिव मणि कुमार साम्पाङ (विजय)ले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, “ झापा भारतसँग खुला सिमाना र घनाबस्ती भएको जिल्ला हो र हामी संक्रमणको उच्च जोखिममा छौं । यस्तो परिस्थितीमा सबैलाई संयक हुन आग्रह गर्दै कोरोना रोकथाम र नियन्त्रणका लागी प्रभावकारी कदम चाल्न र लकडाउनका कारण खाद्यान्न संकट व्यहोरी रहेका वर्गलाई राहत पुर्याउन सरकार समक्ष माग गर्दछौं । नेकपा पार्टी जिल्ला कमिटीको तर्फबाट कोरोना नियन्त्रण र रोकथामका लागीजिल्ला समन्वय समितिद्वारा कोषमा रु. १ लाख जम्मा गरी सहयोग पुर्याउने प्रयास गरेको समेत सहर्स जानकारी गराउन चाहन्छौं ।”  यस्तै, नेकपाले सबैले आ–आप्mनो ठाउँमा स्वयमसेवी भुमिका निर्वाह गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed