Breaking News.... EverestOnlineKhabar
June 26, 2026

चीनमा कोरोनाभाइरसको दोस्रो लहरको जोखिम देखिएको भन्दै राष्ट्रपतिले दिए चेतावनी

Loading

चीनका राष्ट्रपति सी जिनपिङले संसारभरी कोरोनाभाइरसको महामारी फैलिरहेका बेला चीनमा पनि संक्रमणको दोस्रो लहरको जोखिम रहेको भन्दै चेतावनी दिएका छन् । बुधबार पोलिटब्यूरो स्थायी समितिको बैठकमा विश्व अर्थतन्त्रमा बढ्दै गरेको गिरावटका बीच अस्थिर र अनिश्चित कारकमा पनि वृद्धि भएको बताएका छन् ।

चीनमा अहिलेका लागि कोरोनाभाइरस नियन्त्रणमा रहेको जस्तो देखिन्छ । यहाँ नयाँ संक्रमित र मृतकको संख्या पनि कमै देखिएको छ । बुधबार कोरोनाभाइरसको वास्तविक केन्द्रबिन्दु ऊहानमा आधिकारिक रुपमा लकडाउन हटाइएको छ । ‘चीनमा कामको पुनर्स्थापना र आर्थिक तथा समाजिक विकासका लागि नयाँ कठिनाइ र चुनौतीहरु देखापरेका छन्,’ सिन्ह्वाले सीको भनाई उद्धृत गर्दै लेखेको छ । सीले स्थानीय प्रशासनलाई विदेशबाट आएकाहरुप्रति विशेष निगरानी राख्न आग्रह गरेको सिन्ह्वाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed