Breaking News.... EverestOnlineKhabar
June 25, 2026

प्रकाशमान सिंह र कांग्रेसबाट निर्वाचित काठमाडौंका जनप्रतिनिधि बीच छलफल, महानगर प्रमुख शाक्यले सहयोग नगरेको गुनासो

Loading

२०७६ चैत ४, काठमाडौं । कांग्रेसबाट निर्वाचित काठमाडौंका विभिन्न जनप्रतिनिधिहरू र पार्टीका क्षेत्रीय सभापतिहरूले केन्द्रीय सदस्य प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन् । भेटमा नेता सिंहले देशकै राजधानीमा रहेका जनप्रतिनिधिले जनताले अनुभूति गर्ने खालका काम गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरे । ‘देशकै राजधानी काठमाडौंमा प्रभावकारी भूमिका खेल्न जनताले अनुभूति गर्ने खालका देखिने काम गर्नुर्पयो’ जनप्रतिनिधिहरूलाई नेता सिंहले भने । त्यस्तै, विश्वव्यापी महामारीको रूपमा देखापरेको कोरना भाइरसले पार्न सक्ने प्रभावलाई ख्याल गरी सशक्त रूपमा जनताको घरघरमा पुगेर आवश्यक जनचेतना र प्रभावकारी भूमिका खेल्न पनि सिंहले निर्देशन दिए ।

उनले कोरोनाले जनतामा त्रास फैलिएको भन्दै सहजताको वातावरण निर्माण गर्न स्थानीयस्तरमा जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने पनि बताए । ‘कोरोनालाई कारण देखाएर मौलाएको कालोबजारी र अभावले जनजीवन आक्रान्त हुँदासमेत सरकारले बजारमा हस्तक्षेपकारी भूमिका देखाउन नसक्नु दुखद छ’ उनले भने । त्यस्तै, जनप्रतिनिधिहरूले पनि काम गर्न भइरहेको समस्याबारे जानकारी गराएका थिए । उनीहरूले महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सहयोग नगरेको गुनासो पनि गरे । नेता सिंहले जनप्रतिनिधिहरूले पार्टीसँग समन्वय गरेर काम गर्न पनि आग्रह गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed