Breaking News.... EverestOnlineKhabar
June 25, 2026

क्वारेन्टाइन तथा आइसोलेसनका लागि निःशुल्क घर, भने हाम्रो घर प्रयोग गर्नुहोस्

Loading

२०७६ चैत्र ४, काठमाडौँ — काठमाडौं भैंसेपाटीका ३५ वर्षीय लालचन्द्र गौतम र उनकी श्रीमती बन्दना पौडेल आफ्नो खाली रहेको घर क्वारेन्टाइन तथा आइसोलेसनका लागि आश्रय लिन चाहनेलाई सहयोग गर्ने भएका छन् । उनले फेसबुकमा पोस्ट गर्दे आइसोलेसनमा बस्नुपर्ने तर बास नभएका आफ्नो घरका कोठाहरु निःशुल्क बस्नका लागि उपलब्ध गराउने जानकारी गराएका छन् । उनले लेखेका छन,‘यदि कोही नेपाली तथा विदेशी जसलाई आइसोलेसनका लागि सेल्टरको आवश्यकता छ उनीहरुलाई हाम्रो घरको कोठा निःशुल्क रहेको छ ।’

https://www.facebook.com/photo.php?fbid=10212682709020947&set=a.1221408273664&type=3&theater

कुलेश्वरमा रहेको उक्त घर साढे ४ तल्लाको घरमा २ वटा फर्निचरसहितको बेड रुम, २ वटा किचेन, ३ वटा खाली बेडरुम र २ वटा लिभिङ रुम खाली अवस्थामा रहेका छन् । साथै एक तल्लामा अफिस रहेको छ आवश्यकता परेको खण्डमा त्यो पनि केही समयका लागि बन्द गरेर राख्न सकिने गौतमले बताए । एक निजी कम्पनीमा कार्यरत गौतम भन्छन्, ‘नेपाल सरकारले रातारात कोरोना भाइरसको लागि अस्पताल बनाउन सक्दैन । आर्थिक अवस्था त्यस्तो छैन । कति पर्यटकहरु नेपालमा आएर बसेका हुनसक्छन् कतिपय होटलको बिल पनि तिर्न नसक्ने अवस्थामा होलान् । कत्ति अपार्टमेन्ट वा डेरामा मिलेर बसिरहेका परिवारलाई आइसोलेसन वा क्वारेन्टाइनका लागि झन् गाह्रो हुन्छ । उनीहरुलाई अलिकति सहयोग पुगोस् रोग धेरै सर्न नपाओस् भनेर मात्र मेरो चाहना हो ।’

https://www.facebook.com/photo.php?fbid=10158105859629621&set=a.10153272865974621&type=3&theater

गौतमले आफूले जस्तै त्यसै खाली रहेको घरजग्गा क्वारेन्टाइनका रुपमा प्रयोग गर्न दिएर सहयोग गर्न आग्रह गरेका छन् । उनी भन्छन्, ‘सरकारको मात्र मुख ताकेर हुँदैन आफूसँग भएको स्रोत उपयोग र्गयो भने सबैलाई सहयोग पुग्छ भन्ने हो ।’ गौतमले सामाजिक सञ्जालमा आफ्नो घर क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने बताएको केही घण्टामै चिराग गोयलले सिफलमा रहेको घर क्वारेन्टाइनका रुपमा प्रयोग गर्न दिने बताएका छन् । कोही विदेशी वा नेपाली नागरिक १४ दिन आइसोलेसनका रुपमा प्रयोग गर्न आवश्यक रहेको भए आफ्नो घर निर्धक्कसँग प्रयोग गर्न सकिने गोयलले बताएका छन् । सरकारले मात्रै सबैलाई सहयोग गर्न नसक्ने बताउदँै सहयोगी हातहरु अघि बढाउनुपर्ने उनको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed