Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

२०७६ चैत ४, काठमाडौं । दुबई पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति गोंगबुबाट पक्राउ परेका छन् । बाग्लुङ ढोरपाटन नगरपालिका–४ खुङ्गाका हाल काठमाडौं रानीवन बस्दै आएका ३८ वर्षीय शिव कुमार घर्ती मगरलाई महानगरीय अपराध महाशाखाले गोंगबु चोकबाट सोमबार पक्राउ गरेको हो । उनले दुबईमा वर्किङ भिसामा आकर्षक तलब हुने भन्दै विभिन्न मितिमा ९ जना व्यक्तिहरूबाट १० लाख ५३ हजार एक सय लिई सम्पर्कविहीन भएका थिए । घर्ती मगरले ठगेर अलपत्र भएको भन्दै पीडित खगेन्द्र चौधरीले उजुरी दिएका थिए । सोही उजुरीका आधारमा महाशाखाले उनको खोजीतलासी गर्न थालेको थियो । प्रहरी टोलीले घर्ती मगरलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा थप अनुसन्धान तथा कारबाहीको लागि पठाएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed