![]()
२०७६ फागुन २८, काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बुधबार दिउँसो ३ बजे सर्वदलीय बैठक बोलाएका छन् । विश्वव्यापी रूप लिइरहेको कोरोना संक्रमणसँग लड्न सरकारको पूर्वतयारी लगायतको बिषयमा छलफल गर्नको लागि बैठक डाकिएको बताइएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका शीर्ष नेता डाकिएको छ । प्रतिपक्षी दलहरुले कोरोनासँग जुध्न पूर्वतयारी नपुगेको भन्दै सरकारको आलोचना गरिरहेका थिए ।


