Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४ हजार तीन सय पुगेको छ । चीनमा मात्र तीन हजार एक सय ५८ जनाले ज्यान गुमाएका छन् । इटालीमा ६ सय ३१, इरानमा २ सय ९१, दक्षिण कोरियामा ६१, स्पेनमा ३६, फ्रान्समा ३३ र अमेरिकामा ३१ जनाले ज्यान गुमाएका छन् । विश्वभर एक लाख १९ हजार २ सय ४५ जनामा संक्रमण देखिएकामा ६६ हजार पाँच सय ७८ जना निको भएका छन् । हाल चीनमा १६ हजार एक सय २६ र इटालीमा ८ हजार पाँच सय १४ जना संक्रमित छन् । १ सय १९ भन्दा बढी देशमा कोरोनाको संक्रमण भेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed