Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन २८, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको आज एक साता पुगेको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा सुधार भइरहेपनि उनलाई अझै केही दिन अस्पतालमै राखिने चिकित्सकहरुले बताएका छन् । मंगलबार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीको निजी चिकित्सक दिव्य सिंह शाहले प्रधानमन्त्री ओलीलाई छिट्टै अस्पतालबाट डिस्चार्ज गरिने बताएकी थिइन् ।

उनले प्रधानमन्त्रीका परिवारले नै केही दिन अस्पतालमा राख्न आग्रह गरेकाले प्रधानमन्त्री ओलीलाई डिस्चार्ज नगरीएको बताएकी थिइन् । तर, मिर्गौला प्रत्यारोपण गरेको एक साता पुगेकै दिन प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएकाले सिंगापुर लागे तयारी भएको भन्ने समाचारहरु सार्वजनिक भएका छन् । प्रधानमन्त्री ओलीलाई थप उपचारको लागि सिंगापुर लैजाने कुरा गलत हल्ला भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनले भने, त्यो एक सय एक प्रतिशत झुट हो, अनावश्यक स्रोतको हवला दिएर दुष्प्रचार नर्गन म आब्हान गर्छु ।

प्रधानमन्त्री ओलीको डिस्चार्जको विषयमा थापाले भने, ‘उहाँको उपचार गर्ने चिकित्सकको निर्णय अनुसार प्रधानमन्त्रीलाई छिट्टै डिस्चार्ज गरिँदै छ । बजारको हल्ला हेरेर डिस्चार्ज गरिहाल्ने कुरा हुँदैन ।’ थापाका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अपेक्षित गतिमा सुधार भइरहेको छ । सामाजिक सञ्जालमा थापाले लेखेका छन्,’ उहाँले हिडडुल र नियमित व्यायाम गरिरहनुभएको छ । उहाँ आफैले र्दाही काट्नु भएको छ । स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed