Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ फागुन १९, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले थप सात विभागको जिम्मेवारी दिएका छन् । कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका देहायका सदस्यहरुलाई देहाय बमोजिमका केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरेका हुन ।

कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभाग प्रमुखमा एनपी साउदलाई जिम्मेवारी तोकेको छ भने वन, वातावरण तथा विपत व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी अम्बिका बस्नेतलाई दिइएको छ । यस्तै महिला विभाग प्रमुखमा ईश्वरी न्यौपाने, राज्य प्रशासन विभाग प्रमुखमा केशवकुमार बुढाथोकी, खेलकूद विभाग प्रमुखमा मोहनबहादुर बस्नेत, निर्माण व्यवसायी समन्वय विभाग प्रमुखमा बीरबहादुर बलायर र शिक्षा विभाग प्रमुखमा हरिप्रसाद नेपाललाई जिम्मेवारी तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed