Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

काठमाडौं – अक्षय कुमार स्टारर ‘सूर्यवंशी’ को ट्रेलर सार्वजनिक भएको छ । प्रहरी युनिभर्सको कथामा रोहित सेट्टीले निर्देशन गरेको यो फिल्ममा अक्षय कुमारका साथ अजय देवगन र रणवीर सिंहलाई देखाइएको छ । अजय देवगन फिल्ममा ‘सिंघम’ का रुपमा प्रस्तुत भएका छन् भने रणवीर कपूरलाई ‘सिम्बा’ को भूमिकामा देख्न सकिन्छ । फिल्ममा अक्षय कुमार मात्र नभएर अजय र रणवीरको पनि एक्सन देख्न पाइनेछ । साथै फिल्ममा क्याटरीना कैफको पनि भूमिका छ ।

रोहित सेट्टीले कप युनिभर्समा यसअघि सिंघम, सिंघम २ र सिम्बा निर्देशन गरेका थिए । यी तीनै फिल्मले खुबै चर्चा कमाएका थिए । सूर्यवंशीमा पनि सूर्य उर्फ अक्षय कुमारलाई सहयोग गर्न यी दुई अफिसरको इन्ट्री भएको देखाइएको छ । फिल्ममा क्याटरीना कैफ र अक्षय कुमारको जोडी रहनेछ । यो फिल्म बलिउडमा लामो समयदेखि चर्चामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed