Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन १६, मोरङ । लागू औषधसहित श्रीमान् र श्रीमती मोरङमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पिचरा घर भएका २६ वर्षीय दिपेश श्रेष्ठ र उनकी श्रीमती २१ वर्षीय तृष्णा श्रेष्ठ रहेका छन् । बिहीबार राति करिब साढे १२ बजे विराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको मोबाइल टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लुपिजेसिक, एभिल, डाईजोल्याप नामक २ सय ६० पिस लागू औषध र सिरिन्ज थान फेला परेको थियो । उनीहरुलाई नियन्त्रणमा लिई जिप्रका मोरङमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यता, बिहीबार नै मोरङको बुढीगंगा गाउँपालिका–६ स्थित कोयलपुर चोकमा कोयलपुर प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक्षकको टोलीले चेकिङ गर्ने क्रममा दुई जनालाई लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । को १४ प ८६७९ नम्बरको मोटरसाइकलमा सवार हरैचा नगरपालिका–११ बस्ने ३३ वर्षीय सुरेन्द्र राई र सोही मोटरसाइकलमा सवार सुनसरीको ईटहरी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीय मनिष परियारको साथबाट एभिल १९ थान, फेरागन १९ थान, डाईजोल्याब २४ थान, लुपिजेसिक २४ थान फेलापरेको थियो । उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed