Breaking News.... EverestOnlineKhabar
April 19, 2026

गौतमलाई राष्ट्रिय सभामा लैजान प्रधानमन्त्रीले मान्नैपर्छ ः प्रचण्ड

Loading

२०७६ फागुन १६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभा सदस्य पदमा उपाध्यक्ष बामदेव गौतम नै जाने बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजान पार्टीले सिफारिस गरेको र त्यो सिफारिस सर्वसम्मत भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उक्त निर्णय मान्ने बताएका हुन् ।

‘तपाइर्हंरुले थाहा पाइसक्नुभएको छ । राष्ट्रिय सभामा एउटा सिट बाँकी छ । त्यो क्याविनेटबाट प्रस्ताव गर्ने र राष्ट्रपतिबाट मनोनयन गर्ने । यसमा सचिवालयको सर्वसम्मत निर्णय अनुसार वामदेव गौतमलाई पठाउने भन्ने सुझाव सरकारलाई दिएको छ’, प्रचण्डले भने, ‘यो विषयलाई लिएर थोरै छलफल चलेको हो अन्ततः हल हुन्छ ।’

सचिवालयको निर्णय नै आधिकारिक भएको र पार्टीका प्रवक्ता र महासचिवले उक्त निर्णय सार्वजनिक गरेको प्रचण्डले बताए । प्रधानमन्त्रीले उक्त निर्णय मान्नुहुन्न नि भन्ने प्रश्नमा प्रचण्डले भने, ‘प्रधानमन्त्रीजीले मान्नुहुन्छ । तपाईंहरुले एकदुई दिनमा थाहा पाउनुहुन्छ । उहाँले मान्नैपर्छ, मान्नुहुन्छ । प्रचण्डले गौतमको नाम सिफारिस नगर्ने भन्ने कुरा आफुले कल्पना समेत गर्न नसक्ने बताए । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले काँग्रेस नेता शेखर कोइराला लगायतलाई भेटघाट गर्नु सामान्य र त्यो सबै नेताले गर्ने गरेको भन्दै त्यस्ता भेटघाटलाई अन्यथा लिन नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed