Breaking News.... EverestOnlineKhabar
June 6, 2026

Loading

२०७६ पुस २७, काठमाडौं । चलचित्र ‘लप्पन छप्पन २’को टिजर सार्वजनिक गरिएको छ । यो चलचित्र आउँदो बर्षको वैशाख १२ गतेबाट रिलिज हुँदैछ । चलचित्रको टिजरमा एक्सनलाई नै बढी स्थान दिइएको छ । चलचित्रका मुख्य कलाकारको गेटअप, एक्सनमा ठूलो क्यानभास देखिन्छ । ३ सय मिलियन डरलको चलखेलको कथामा यो चलचित्र बनेको छ ।

चलचित्रको टिजरमा मुख्य कलाकारहरु शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, नविन मानन्धर, एन्जल श्रेष्ठ लगायतलाई देख्न सकिन्छ । खिलेन्द्रराज तिमिल्सिनाको प्रस्तुतिमा तयार भएको चलचित्रबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रृजना सिना, रन्जित ओन्ताले अभिनयमा डेब्यू गर्दैछन् । चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed