Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ पुस २७, काठमाडौं । प्रदेश ३ सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय (ललितपुर)का लेखा अधिकृत विष्णुहरी पुडासैनी घुस रकमसहित पक्राउ परेका छन् । सडक निर्माण कार्यको लागि टेण्डर सम्झौता भई काम हुँदै गर्दा मोविलाइजेशन पेश्की रकम भुक्तानीका लागि ठेकेदारसँग लिएको २२ हजार रुपैयाँ घुससहित लेखा अधिकृत पुडासैनी पक्राउ परेका हुन् । लेखा अधिकृत पुडासैनीलाई घुस रकम लिइसकेको अवस्थामा ललितपुरको एकान्तकुनाबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । घुससहित पक्राउ परेका पुडासैनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed