Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ पुस २१, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । देवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ गएका हुन् । देउवा निवासमा सोमबार बिहान भएको भेटमा सभामुख चयनका बारेमा छलफल भएको जनाइएको छ । कृष्णबहादुर महारामाथि संसद सचिवालयकी कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएपछि सभामुखबाट उनले राजीनामा दिएका थिए ।

त्यसयता सभामुख पद रिक्त छ । नेकपाले भावी सभामुखको उम्मेदवार तय गर्न सकेको छैन भने कांग्रेसले सभामुख र उपसभामुख मध्ये एक आफ्नो पार्टीले पाउनु पर्ने दाबी गर्दै आएको छ । यहि बिचमा दुई दलका शीर्ष नेताबिच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिबारे पनि छलफल भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed