![]()
२०७६ पुस १८, काठमाडौँ । मलद्धारमा राखेर ल्याइएको २ केजी सुन त्रिभुवन विमानस्थलबाट बरामद भएको छ । दुबईबाट आएका दुई जना भारतीय नागरिकले ३–३ वटा डल्ला बनाएर मलद्धारमा घुसाएर ल्याएको स्रोतले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखासहितको टोली र विमानस्थल भन्सारले निरन्तरको निगरानीपछि उनिहरुलाई पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेमा भारत महाराष्ट्रका नविन गोपिचन्द र भरत सुरेशलाल छन् । यसअघी बिहीबार बेसारजस्तो बनाएर ल्याइएको एक केजी सुन त्रिभुवन विमानस्थलबाट बरामद भएको थियो । महाशाखाको टोलीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमध्ये दुबईबाट सुन ल्याउने र उक्त सुन लिन नयाँ दिल्लीबाट काठमाडौँ आएका भारतीय नागरिक थिए ।


