Breaking News.... EverestOnlineKhabar
July 15, 2026

सिंहदरबार दक्षिण गेट अगाडि बीच सडकमै मोटरसाइकल तेर्स्याएर अनेरास्ववियुको प्रदर्शन, यातायात प्रभावित

Loading

३१ असार, काठमाडौं ,नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि बीच सडकमै मोटरसाइकल पार्किङ गरेर विरोध प्रदर्शन गरेको छ।माडौं नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि बीच सडकमै मोटरसाइकल पार्किङ गरेर विरोध प्रदर्शन गरेको छ।।ठनेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि बीच सडकमै मोटरसाइकल पार्किङ गरेर विरोध प्रदर्शन गरेको छ।माडौं नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि बीच सडकमै मोटरसाइकल पार्किङ गरेर विरोध प्रदर्शन गरेको छ।।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि बीच सडकमै मोटरसाइकल पार्किङ गरेर विरोध प्रदर्शन गरेको छ।

अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरूले अचानक सडकको बीच भागमा मोटरसाइकलहरू रोकेर प्रदर्शन गरेपछि सिंहदरबार आसपासको क्षेत्रमा केहीबेर तनाव सिर्जना भएको थियो। व्यस्त समयमा सडक अवरुद्ध गरी गरिएको यस प्रदर्शनका कारण सिंहदरबार दक्षिण गेट अगाडिको सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित बन्न पुगेको थियो, जसले गर्दा सर्वसाधारण र सवारी चालकहरूले केही समय सास्ती खेप्नुपर्‍यो।

सडक अवरुद्ध भएलगत्तै घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रदर्शन सुरु भएको केही समयभित्रै प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनकारीहरूलाई सडकबाट हटाएको थियो। प्रदर्शनकारीहरूलाई हटाएपछि अहिले उक्त क्षेत्रको यातायात अवस्था पुनः सामान्य रूपमा सुचारु भएको प्रहरीले जनाएको छ।

थप र ताजा समाचारका लागि हेर्दै गर्नुहोला:

👉 www.everestonlinekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed