Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ पुस ०८, काठमाडौँ । समाजवादी पार्टी नेपालका मन्त्रीहरु उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा दिएका छन् । संविधान संशोधनको माग पूरा नभएको भन्दै समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको उल्लेख गरेको छ । यादव र राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर एक पत्र लेख्दै पदबाट राजीनामा दिएको बताएका छन् । राजीनामा पत्रमा यादवले सरकार दुई बुँदे सहमतिबाट पछि हटेको तथा सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएको हुँदा पदबाट राजीनामा दिएको उल्लेख छ ।
यादवले पत्रमा २०७५ जेठ १४ गते संविधान संशोधन लगायत आन्दोलनमा उठाइएको माग र मुद्दाहरु सम्बेधन गर्ने सर्तसहित २ बुँदे सहमति भएर आफूहरु सरकारमा सहभागी भएको उल्लेख छन् । सोही अनुसार आफूहरुले पटक–पटक यी विषयहरु प्रवेश गराउनुका साथै संविधान संशोधनलगायत विषयहरु राखी प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ध्यानाकर्षण गराएको पनि स्मरण गराएका छन् ।
तर माग पूरा गर्नुको साटो सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न सुझाव समिति गठन गर्ने प्रस्ताव लैजाँदा प्रधानमन्त्रीले अस्वीकार गरेर सहमतिबाट पछि हटेकाले नैतिकताको आधारमा राजीनामा दिएको यादवको राजीनामा पत्रमा उल्लेख छ । यस्तै , सहरी विकासमन्त्री राईले दिएको राजीनामापत्रमा भने संविधानको धारा ७७ को उपधारा २ (क) बमोजिम राजीनामा दिएको उल्लेख छ । उनले अहिलेसम्म सहकार्य गर्ने अवसर दिएकोमा पनि प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् ।
समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम) २०७५ जेठ १४ गते केपी ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed