![]()
काठमाडौं । यौन दुर्व्यवहारको आरोप झेलेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिने तयारी गरेका छन् । नेकपाका नेताहरूको परामर्श र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुझाव–निर्देशनपछि महराले राजीनामा दिने तयारी गरेका हुन् ।
संविधानतः सभामुख पार्टीको सदस्य नभएकाले अध्यक्ष र प्रधानमन्त्रीले निर्देशन दिन नमिल्ने भए पनि पार्टीसँग जोडिएको विषय हुनाले प्रधानमन्त्री तथा पार्टी अध्यक्षले राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएका थिए । सभामुख महराले अन्य शीर्ष नेतासँग पनि परामर्श गरेको बताइएको छ ।


