Breaking News.... EverestOnlineKhabar
May 11, 2026

महरामाथिको आरोपबारे छलफल गर्न नेकपाको सचिवालय बैठक

Loading

काठमाडौं : सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपबारे छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ। केही समयअघि सुरु भएको बैठक  जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले  जानकारी दिएका छन्।

महरामाथि उनकै सचिवालयकी एक कर्मचारीले आइतबार बलात्कारको प्रयास गरेको आरोप लगाएकी थिइन्। तर सभामुख महराले भने आरोप अस्वीकार गरेका छन्। कर्मचारी समायोजनका क्रममा अन्यत्र सरुवा भएकी महिलाले भनेअनुसार आफूले नगरिदिएपछि निराधार आरोप लगाएको महराको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.