Breaking News.... EverestOnlineKhabar
May 12, 2026

विजया दशमी, शुभ-दिपावली,छटपर्व लगायतका पर्वहरुको शुभकामना आदान-प्रदान : प्रधानमन्त्री केपी शर्मा ओलिको गृह जिल्ला झापामा

Loading

प्रधानमन्त्री केपी शर्मा ओलिको गृह जिल्ला झापामा हरेक बर्ष नेपाली हरुको महान चाड विजया दशमी, शुभ-दिपावली,छटपर्व लगायतका पर्वहरुको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम विगतका बर्षहरुमा महाँनवमी को दिन विर्तामोड मा हुदै आएको   यो बर्ष १६ गते बिहिवार कै दिन दमकमा हुने भएको छ। उक्त कार्यक्रम प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलिको  आयोजना र पार्टी जिल्ला कमिटिको ब्यवस्थापनमा हुने छ । सोहिदिन औद्योगिक पार्कको निर्माण तयारी सुभारम्भ गरिने र मावा पुलको उद्घघाटन पनि गर्नुहुने कार्यक्रम रहेको छ। नेकपा झापाका नेता कार्यकर्ता भेटघाटका क्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलि संग महत्वपुर्ण विषयमा छलफल गरिएको र पार्टी कामको रिपोर्टिङ पनि गरिएको झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी गराउनु भयो । अध्यक्ष पाठकका अनुसार मदन भण्डारी रंगशाला ,जिल्लामा फलफूल उत्पादन ,जुस उद्योग र वनको विकास ,जिल्लाको विभिन्न ठाउका अव्यवस्थित जग्गा हरुको लालपुर्जा वितरण,खोला हरुको तटबन्धन लगायत का बिषयमा पनि छलफल भएको छ । उक्त छलफलमा प्रदेश नम्बर एक का अध्यक्ष देवराज घिमिरे ,झापा सह-इन्चार्ज देवेन्द्र दाहाल,जिल्ला अध्यक्ष चिन्तन पाठक ,प्रदेश कमिटी सदस्य गगन पुरी ,जिल्ला कमिटी सदस्य राधाकृष्ण खनाल र वेनु सिवाकोटी ,आर्थिक विभागका सदस्य सुरज काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.