Breaking News.... EverestOnlineKhabar
May 12, 2026

मुटु रोगबाट बच्नका लागि व्यवहार परिर्वतन गरौं

Loading


काठमाडौं । मुटु रोग विश्वमा पहिलो स्वस्थ्य समस्याको रुपमा परिचित छ । यसलाई दिर्घ रोग वा क्रोनिक रोगको साथै जिवनशैलीसँग सम्बन्धित रोगको रुपमा पनि लिने गरिन्छ । मुटुरोग हुन नदिनका लागी हामिले अपनाई रहेको अव्यवथित खानपानलाई परिमार्जित गुर्नुपर्छ । मुटु रोगबाट बच्नका लागि हाम्रो जिवनका चारवटा व्यवहार खानपान, शारीरिक व्यायम, धुम्रपान र मद्यपान परिर्वतन गनुपर्ने हुन्छ ।

मानिस शारीरिक रुपमा स्वस्थ्य हुनका लागी उचाई अनुसारको तौल व्यवस्थापन गर्नुपर्ने हुन्छ । तौल व्यवस्थापनका लागी शारीरिक व्यायमका साथै खानेकुरामा पनी ध्यान दिनुपर्छ । शरीरले कति क्यालोरी वा शक्ति मागेको छ त्यहि अनुसार हिसाब गरेरे खानेकुरा सेवन गर्नुपर्छ ।

मुटु सम्बन्धि समस्या भएका व्यक्तिको शरीरमा असल किसीमको चिल्लोपदार्थ (एचडिएल्), खराब किसीमको चिल्लोपदार्थ (एलडिएल्) र  ट्राईग्लिसिराइडलाई बिशेष हेर्नुपर्ने हुन्छ । यसका साथै भोजनमा कस्तो किसिमको चिल्लो पर्दाथ सेवन गर्ने भन्ने कुरामा बिशेष ध्यान दिनुपर्छ ।

मुटु रोगीको लागी बनस्पति स्रोतबाट तोरिको तेल, मकैको तेल, तिलको तेल सुर्यमुखि फुलको तेल खानामा ठिक मात्रामा समावेश गनुपर्ने हुन्छ । व्यक्तिलाई कति क्यालोरी आवश्यक छ त्यहि अनुसार खाद्य पदार्थ सेवन गर्नुपर्छ । क्यालोरी (काब्राहाइडेट, प्रोटिन, फ्याट) बाट पाउन सकिन्छ । मुटुको समस्या भएको व्यक्तिले काब्राहाइडेटबाट कति क्यालोरी  प्रोटिनबाट कति फ्याटबाट कति  ल्याउने भन्ने हिसाब गरेर खानुपर्ने हुन्छ । कुल क्यालोरीमध्ये ५५ देखी ६५ प्रतिशत कार्बोहाइडेटबाट, २५ प्रतिशत प्रोटिनबाट र ३० प्रतिशतभन्दा कम फ्याटबाट प्राप्त हुने किसीमको भोजन सेवन गनुपर्छ । एन्टिअक्सिडेन्ट भिटामिन, खनिजपदार्थ र फाइबरयुक्त खानेकुरा भोजनमा प्रशस्त समाबेश गनुपर्छ ।

सो समस्या भएको व्यक्तिले बनस्पति स्रोतबाट प्राप्त हुने प्रोटिनयुक्त खाद्यपर्दाथको समावेश गनुपर्छ ।  खाना बाहेक धुम्रपान र मद्यपानलाई पनी बहिष्कार गनुपर्ने हुन्छ । यदि मद्यपान बहिष्कार गर्न नसक्ने अवस्थाको व्यक्तिलाई मुटुको अवस्था हेरेर महिलाको लागि दिनमा एक पेग र पुरुषको लागी दुई पेग मात्र खान मिल्छ ।

मुटु सम्बन्धि समस्या छ भने शारीरिक व्यायम अतिआवश्यक हुन्छ । सो व्यक्तिको अवस्था हेरेर व्यायम गनुपर्ने हुन्छ । उसको शारिरको लागी कति व्यायम आवश्यक छ कति अर्फोट गर्न सक्छ त्यहि अनुसार व्यायम गर्न उपयुक्त हुन्छ । एकदम हेबि किसीमको व्यायम पनि गर्न हुदैँन । हार्ट एन्जीन सम्बन्धि समस्या छ भने व्यायम गर्न हुदैँन ।

मुटु रोग भएका व्यक्तिले बिशेष खाना, व्यायम, धुम्रपान, मद्यपान सम्बन्धि व्यवहार परिर्वतन गर्न सके सो समस्या केहि हदसम्म निराकरण गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.