![]()
काठमाडौँ :शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न सहसचिवहरुको सरुवा गरेको छ ।
जस अनुसार सहसचिव कमल पोखरेललाई शिक्षा मन्त्रालयको योजना महाशाखामा, दीपक शर्मालाई प्राविधिक शिक्षा महाशाखामा, बैकुण्ठ अर्याललाई शिक्षक सेवा आयोगमा, डा हरि लम्साललाई चिकित्सा शिक्षा आयोगको जिम्मेवारी दिइएको छ ।
यस्तै इमनारायण श्रेष्ठलाई शिक्षा विभागमा, डा तुलसी थपलियालाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा, विष्णु अधिकारीलाई शिक्षा तथा मानव स्रोत केन्द्रमा, केशव दाहाललाई इआरओमा, चूडामणि पौडेललाई सीएलपीआईयू र खगेन्द्र नेपाललाई शिक्षाका लागि खाद्य कार्यक्रममा ल्याइएको छ ।
एक वर्षभित्र अवकास पाउने बाबुराम पौडेल र डा लेखनाथ पौडेललाई तथा सरुवा भएको एक वर्षभन्दा बढी अवधि नपुगेकाहरुलाई नचलाइएको शिक्षामन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।


