Breaking News.... EverestOnlineKhabar
June 26, 2026

के हो स्क्रब टाइफस ? कस्ता लक्षण देखिन्छन् र कसरी बच्ने ?

Loading

काठमाडौं – स्क्रब टाइफस वा बुस टाइफस नामक रोग ओरेन्सिया सुसुगमुसी नामक परजिवीको संक्रमणले लाग्ने रोग हो । यो परजीवीलाई एक प्रकारको माइट जातिको की राले सार्ने गर्दछ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख एवं कीटजन्य रोग विशेषज्ञ चिकित्सक विवेक लालका अनुसार बारी, खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा तथा छुचुन्द्रो प्रजातिमा यो जीवाणु पाइने गर्छ ।

यो रोग उत्पन्न गर्ने ब्याक्टेरिया सङ्क्रमित मुसाको पेटभित्रका प्वालहरूमा बस्छ । वि.सं २०७२ वैशाखमा विनाशकारी भूकम्पपछि बढी मात्रमा मुसा देखिन थालेका र मुसाको टोकाइबाट रोगको सङ्क्रमण बढेको महाशाखाले जनाएको छ । ‘मृत्युदर घट्दै गएको छ तर सङ्क्रमित बढ्दै गएको छ’, उनले  बताए ।

रोगको परीक्षण गर्न महाशाखाले स्थानीय तथा प्रदेश तहमा १० हजारको हाराहारीमा कीट उपलब्ध गराएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ चिकित्सक अनुप बास्तोला विशेषगरी मुसाको शरीरमा बस्ने माइट नामक परजीवीले ओरेन्टिया सुसुगामी नामक कीटाणु सार्दा स्क्रब टाइफस हुने जानकारी दिए ।

सङ्क्रमति व्यक्तिमा देखिने लक्षणहरु 

शरीरका भागहरूमा स–साना रातो बिमिरा देखिनु,

अत्यधिक ज्वरो आउनु,

श्वास फेर्न गाह्रो हुनु,

बढी मात्रमा टाउको दुख्नु,

शरीरबाट चिटचिट पसिना आउनु,

हल्का आँखा रातो हुनु

सामान्यतया सङ्क्रामक परजीवीले टोकेको पाँचदेखि १४ दिनको अवधिमा स्क्रब टाइफसको लक्षण देखिन थाल्छ ।

रोगको समयमा उपचार हुन नसकेमा शरीरका फोक्सो, कलेजो मस्तिष्कलगायतका अङ्गले काम गर्न छाड्ने चिकित्सकले जानकारी दिएका छन् । ‘रोगको जीवाणु शरीरमा फैलिन पुग्यो भने शरीरका अङ्गले काम गर्न छोड्ने ड्छ ९डिसअर्डर हुन्छ०’, उनले भने ।

कसरी बच्ने 

रोगको पहिचान बिरामीमा देखिएको लक्षण, सुक्ष्म कीराले टोकेको चिनोबाट हुने गर्दछ,

मुसाको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो । खेतबारीमा काम गर्न जाँदा पूरा बाहुला भएको कपडा लगाउनुपर्छ ।

खुला चौरमा सुत्नु हुँदैन,

यसैगरी रगत परीक्षण, फोक्सोको परीक्षणबाट हुने गर्दछ,

रोगको ‘एन्टिबडी’ पत्ता लगाउन एलाइजा टेस्ट र द्रुत परीक्षण गरिन्छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed