Breaking News.... EverestOnlineKhabar
May 12, 2026

७७ वटै जिल्लामा आज कांग्रेसको प्रदर्शन, जागरण अभियान आज (मंगलबार) सकिँदै

Loading

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सम्पन्न हुने भएको छ । देभरीका प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा बिरुवा रोपेर सुरु भएको कांग्रेसको जागरण अभियान ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गर्दै सम्पन्न हुन लागेको हो ।

जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तिको अवसर पारेर कांग्रेसले भदौ २४ गतेबाट ‘हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरण’ नाम दिएर दोस्रो चरणको अभियान सुरु गरेको थियो । अभियानको उद्घाटनका दिन कांग्रेसले तीन सय ३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा एक सय छ बिरुवाका दरले वृक्षरोपण गरेको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अभियानको अन्तिम दिन आज ७७ वटै जिल्लामा विभिन्न पाँच वटा मुद्दामा केन्द्रित रहेर विरोध प्रदर्शन र सभा गरिने बताएका छन् । उनका अनुसार समापनमा कांग्रेसले बढ्दो महँगी, वाइडबडी, न्यारो बडीलगायतका भ्रष्टाचार प्रकरण, बढ्दो महिला हिंसा, बलात्कार र हत्या, अलोकतान्त्रिक विधेयक र कम्युनिष्ट नेतृत्वको सरकारका सम्पूर्ण कुशासनविरुद्ध प्रदर्शन गर्नेछ । प्रवक्ता शर्माले समापनका दिन गरिने जिल्लास्तरीय प्रदर्शनमा स्थानीय स्तरका मुद्दाहरुलाई पनि प्राथमिकताका साथ उठाइने बताएका छन् ।

अभियानका क्रममा हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसंगति विरूद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, वडा स्तरीय अन्तरक्रिया, अग्रज, सहिद परिवार र द्वन्द्वपीडितको आँगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुई वर्षे समीक्षालगायतका कार्यक्रमहरु गरेको कांग्रेसले जनाएको छ ।

विशेष सामाजिक संवादका क्रममा समाजका विभिन्न समुदाय, वर्ग, पेशा र क्षेत्रका महिला–पुरुषले वर्तमन अवस्थामा राख्ने धारणा र भावना बुझ्ने, उनीहरुका प्रश्न, पिडा र अपेक्षाका बारेमा जानकारी लिने काम गरिएको प्रवक्ता शर्माको भनाइ छ । उनीहरुसँग वर्तमान सरकारसँग राखिएका अपेक्षा र वर्तमान परिणामको अनुभूति र समीक्षाका बारेमा धारणा माग गर्ने र आजको अवस्थाका सम्बन्धमा कांग्रेससँग उनीहरुको प्रष्ट अपेक्षाका बारेमा जानकारीसमेत लिइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.