Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रधानमन्त्री ओलीको यस्तो अभिब्यक्तिप्रति प्रचण्ड असन्तुष्ट

Loading

काठमाडाैँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले फागुन २४ गते सीके राउतसँगको राजनीतिक सहमति कार्यक्रमा प्रधानमन्त्री केपी ओलीले बोलेको केही शब्दमाथि असन्तुष्टि जनाएका छन्।  उनले प्रधानमन्त्रीले आफूलाई सिके राउतसँग गरेको तुलनामा असन्तुष्टि जनाएका हुन्।

सहमतिमा हस्ताक्षरकाे लागि अायाेजित उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले राउतमा प्रचण्डको जस्तै निर्णय क्षमता भएकाे जिकिर गरेका थिए। प्रधानमन्त्रीले कुनै योजनामा सोचे सम्झेर बोलेको जस्तो नलागेको नेकपा अध्यक्ष प्रचण्डकाे अाराेप छ।

‘‘निर्णय क्षमता भएको भन्ने अर्थमा उहाँले यस्तो भन्ने गर्नुभएको छ, त्यस्तै निर्णय क्षमताको सन्दर्भमा राउत र मेरो तुलना गर्नुभएको होला’ उनले भने, ‘तर, तुलना आफैमा लंगडो हुन्छ, सबै तुलना एक अर्कासँग मिल्दैनन्। ’

त्यस्तै उनले केपी शर्मा ओली नेतृत्वकाे सरकारले चाहँदैमा जनमत संग्रह गर्न नसक्ने समेत स्पष्ट पारे। सीके राउत पक्षले जनमत संग्रहलाई सरकारले स्वीकार गरेको अर्थ्याइरहेका बेला दाहालले सरकारले चाहँदैमा जनमत संग्रह गर्न नसक्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed