Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सरकारले सिके राउतसँग गरेको सहमति कागजको खोस्टो : प्रवत्ता शर्मा

Loading

बागलुङ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले सिके राउतसँग गरेको सहमतिलाई कागजको खोस्टोको संज्ञा दिएका छन्। नेपाल प्रेस युनियनले सोमबार बागलुङ सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवत्ता शर्माले राउतसँग गरिएको सम्झौता प्रधानमन्त्रीको आफ्नै डिजाइन या कसैको डिजाइनमा फसेकोबारे प्रष्ट पार्नुपर्ने बताए।

‘प्रधानमन्त्री ज्यू मेरै गृह जिल्लाको हुनुहुन्छ, उहाँको अध्ययन पनि राम्रो छ, ‘शर्माले भने, ‘तर राउतसँग गरिएको सहमतिको पहिलो बुँदा ठिकै भएपनि दोस्रो बुँदा आपत्तिजनक छ, यसमा प्रधानमन्त्री आफै फस्नु भयो कि या आफ्नै डिजाइन हो? यसमा सरकारले तत्काल मन्त्रीपरिषद बैठक राखेर सरकारको आधिकारिक धारणा सार्वजनिक गरोस्।

राउतसँग शनिबार गरिएको सहमतिको बुँदा नम्बर २ मा जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान खोजिने उल्लेख छ। यसको भावना अनुसार नेपालको निश्चित भूगोलमा गरिने जनमत संग्रह देशका लागि घातक हुने उनले जिकिर गरे।

सहमतिलगत्तै राउतको स्वागतमा लगाइएको फ्रि मधेसको नारा, स्वयम राउतको जनमत संग्रहमा जान सरकार तयार भएको भनाई र गृहमन्त्री रामबहादुर थापाको भनाई परस्पर बाझिएकाले यो सामान्य विषय नभएको उनको भनाई थियो। सरकारले फ्रि मधेसका विषयमा जनमत संग्रह गर्ने सहमति गरेको भए अब संघीयता, हिन्दु राज्य र राज संस्थाका विषयमा पनि जनमत संग्रहको विषयले लिने संशयप्रति चिन्ता व्यक्त गरे।

उनले मधेसको समस्या समाधानका लागि सरकार र राजनीतिक दल बीच सहमति जुटाएर संविधान संशोधन गर्न सकिने बताए। सरकारको एक वर्षको कार्यकालले जनतामा विश्वास तोडिएको दावी गरे। उनले सरकारका प्रधानमन्त्री र मन्त्रीलाई कम बोल्न र कर्म धेरै गर्न पनि सुझाव दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed