Breaking News.... EverestOnlineKhabar
June 26, 2026

पशुपतिको गीतलाई दुवै विवेकशीलको समर्थन, गीत हटाउन लगाउनु लोकतन्त्रमाथिको प्रहार

Loading

काठमाडौं- लोकगायक पशुपति शर्माको गीतबारे विवेकशील साझा पार्टीले आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ। युट्युबमा राखिएको गायक शर्माको ‘लुट्न सके लुट’ गीत हटाउन बाध्य पारिएकोप्रति पार्टीले आज विज्ञप्ति निकालेर संविधानमा उल्लेख अभिव्यक्तिको स्वतन्त्रता हनन भएको बताएको छ।

यस्तै विवेकशिल नेपाली दलले पनि गीतसंगै, अभिव्यक्ति स्वतन्त्रता अनि लोकतन्त्रमाथि प्रहार भएको बताएको छ। पार्टीका प्रवक्त मिलन पाण्डेले विज्ञप्ति जारी गर्दै  शर्माको गीतलाई सत्तासीन दलका जिम्मेवार व्यक्ति लगायतकाले दबाब दिई गायकलाई युट्युबबाट उक्त गीत हटाउन लगाइएको विषयको विरोध गरेका छन्।

युवामा भएको जोस जाँगर र सिर्जनात्मक क्षमतालाई सदुपयोग गर्नुपर्नेमा अहिलेको सरकारनिकटका युवाले आक्रोश देखाउनु निन्दनीय भएको विवेकशील साझाको धारणा छ। ‘साथै उसले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता र बेतिथिमाथि कटाक्ष गरिएको गीत गाउनेलाई रोक्नु भनेको देशका प्रमुख भनाउँदा पार्टीले युवालाई कसरी एकोहोर्‍याएर गलत रुपमा प्रयोग गरिहेका छन् भन्ने प्रमाण हो’, विज्ञप्तिमा भनिएको छ।

विवेकशीलले नेकपानिकट युवासंघको प्रतिशोधपूर्ण अभिव्यक्तिको समेत खण्डन गरेको छ। पार्टीले निकालेको विज्ञप्तिमा भनिएको छ – ‘ शर्माको गीतलाई सार्वजनिक रूपमा नै बजाएर, सामाजिक सञ्जालमा राखेर लोकतन्त्रप्रति भएको यो प्रहारको विरोध गर्न समेत सर्वधारणलाई अपिल गर्दछौँ। हामी आफू असहमत रहेका विचारको अभिव्यक्तिलाई समेत निर्बाध रूपमा व्यक्त गर्न सक्ने वातावरणको सुनिश्चितता गर्न समेत आह्वान गर्दछौँ । लोकतन्त्रका निम्ति आत्म नियन्त्रण घातक हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed