Breaking News.... EverestOnlineKhabar
June 26, 2026

पाकिस्तानविरुद्ध चाल्ने कदममा समर्थन जुटाउन भन्दै राजनीतिक दलहरुको संयुक्त बैठक

Loading

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानविरुद्ध चाल्ने कदममा समर्थन जुटाउन भन्दै राजनीतिक दलहरुको संयुक्त बैठक आह्वान गरेका छन् ।

कश्मीर हमलामा पाकिस्तानको हात रहेको भन्दैआएको भारत सरकारले सोही घटनाविरुद्ध कस्तो कदम चाल्ने तथा कस्तो एजेन्डा तय गर्ने भन्ने बारे समर्थन जुटाउन संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो अहिलेसम्मको कार्यकालको पहिलो पटक यसरी सर्वदलीय बैठक डाकेका हुन् । प्रतिपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले भने यस एजेन्डामा सरकारलाई आफ्नो पूर्ण समर्थन र साथ रहने प्रतिवद्धता दिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै उक्त घटनापछि कडा रुपमा प्रतिवाद गर्ने बताउँदै आएका थिए । पाकिस्तानलाई उक्त घटनामा हात रहेको आरोप भारतको भए पनि कुनै प्रमाण जुटाएको छैन ।

जब कि, पाकिस्तानले प्रमाण जुटाउन चुनौती दिएको छ । साथै आफ्नो संलग्नता नरहेको बताउँदै आएको छ । यसअघि शुक्रबार पाकिस्तानले अमेरिका, चीन, रुस, बेलायत र फ्रान्सका राजदूतहरुसँग छलफल गरिसकेको छ । भारतले आफूमाथि लगाएको आरोपबारे पाकिस्तानले ती देशका प्रतिनिधिहरुसँग छलफल गरेको यहाँका मिडियाले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed