Breaking News.... EverestOnlineKhabar
May 11, 2026

खल्तीमा पैसा नहुने नेपाली हुँदैन पैसा हुँदै भएन; भने पनि सरकारले दिन्छ :प्रधानमन्त्री केपी शर्मा ओली

Loading

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रम उद्घाटन गरेका छन्। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा आज राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा ‘नेपालीको पानी जनताको लगानी : हरेक नेपाली जलविद्युत्को सेयरधनी’ भन्ने नारा तय गरिएको छ।

कार्यक्रम अहिले बिहान १० बजेबाट सुरु भएको मन्त्रालयले जनाएको छ। जलविद्युत् आयोजना छरिएर रहेको पुँजी एकीकृत गरी जलविद्युत् क्षेत्रमा राष्ट्रिय पुँजी निर्माण गरिने सरकारले यस कार्यक्रममार्फत उद्देश्य लिएको छ। स्वदेशी लगानीमा नेपालभित्रै ३ हजार मेगावाटभन्दा बढी जलविद्युत् आयोजना निर्माण गर्ने सरकारी लक्ष्य राखिएको छ।

जसअन्तर्गत सरकारले १९ वटा आयोजना छनोट गरिसकेको बताएको छ। जसमा ६ अर्बभन्दा बढी लगानी रहने छ। कार्यक्रम उद्घाटनमा प्रधानमन्त्री ओलीले भने, ‘यो गतिशील ठाउँमा पैसा लगानी गर्ने बेला हो, यो अर्को ऐतिहासिक कार्य हो।’ प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि नेपाल हरेक दिन एक कदम अघि रहेको समेत दाबी गरे।

उले अब खल्लतीमा पैसा नभएको कोही पनि नहुने दाबी गरे। ‘देशमा हामी रोजगारका अवसरहरू सृजना गर्छौँ। बेरोजगारलाई जीवन निर्वाह भत्ता पनि दिन्छौँ’, उनले भने, ‘खल्तीमा पैसा नहुने नेपाली हुँदैनन्। पैसा हुँदै भएन भने पनि सरकारले दिन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.