Breaking News.... EverestOnlineKhabar
June 26, 2026

अख्तियार दुरुपायोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई नैतिकताको आधारमा राजीनामा दिन दबाव

Loading

काठमाडौं-अख्तियार दुरुपायोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई नैतिकताको आधारमा राजीनामा दिन दबाव परेको छ। लाखौं रकम घुस लिएको सार्वजनिक भएपछि उनलाई राजनीतिक तहबाट राजीनामा दिएर अनुसन्धानको बाटो खोल्न दबाव परहेको हो।

भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको विवादमा उनले लाखौं रुपैयाँ रकम लिएको सार्वजनिक भएको थियो। नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले उनले राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्नु पर्ने बताए।

‘नैतिकताका आधारमा अब उहाँ पदमा बस्न सक्नु हुन्न’, उनले भने, ‘अख्तियार प्रमुखले यो विषयमा छानविन गरेर सत्य तथ्य बाहिर ल्याउनु पर्छ। त्यसो भएन भने संसदले आफ्नो अधिकार प्रयोग गर्छ। त्यो विषयमा हामी छलफलमै छौं’

इन्जिनियरिङ कलेजको स्वामित्वमा विवाद रहँदै आएको छ। पाठक अख्तियारमा शिक्षा सम्वन्धि अनुसन्धान प्रमुख रहेका छन्।

गलत आचरण गरेमा संवैधानिक निकायका अध्यक्ष तथा पदाधिकारीलाई संसदले महाअभियोग लगाउन सक्ने व्यवस्था संविधानले गरेको छ। संविधानको धारा १०१ बमोजिम महाअभियोग लगाउन सकिने संवैधानिक प्रावधान रहेको छ। धारा १०१ बमोजिम महाअभियोग प्रस्ताव पारित भई पदमुक्त हुने व्यक्तिलाई पदमुक्त भइसकेपछि संघीय कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सकिने छ।

प्रतिनिधिसभामा एक चौथाइ सांसदले महाअभियोग प्रस्ताव संसदमा दर्ता गरे सो व्यक्ति निलम्बनमा पर्छ। महाअभियोग पास हुन संसदको दुई तिहाई बहुमत आवश्यक पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed