Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

मुम्बई – बलिउड अभिनेता टाइगर श्राफको हिट सिरिज ‘बागी’को पहिलो संस्करणमा नायिका श्रद्धा कपुर अनुबन्धित भएर अभिनय गरेकी थिइन्। यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो। फिल्मको दोस्रो सिक्वेलमा निर्माण पक्षले टाइगरकी प्रेमिका दिशा पटानीलाई श्रद्धाको स्थानमा राख्यो। यतिबेला फिल्मको तेस्रो सिक्वेलको तयारी भइरहेको छ।

फिल्मको तेस्रो भागमा पनि नायिका दिशा नै दोहोरिने चर्चा बलिउडमा व्याप्त थियो। तर अब यो चर्चा केबल चर्चामै सीमित भएको छ। किनकी फिल्मका लागि पहिलो संस्करणकै नायिका अर्थात श्रद्धा कपुर नै फाइनल भएकी छन्। फिल्म ‘बागी’ रिलिज पछि दर्शकले टाइगर र श्रद्धाको जोडीलाई निकै रुचाएका थिए। ‘बागी ३’मा काम गर्न पाउँदा श्रद्धाले खुशी व्यक्त गरेकी छन्। ‘एउटा परिवारमा फर्किएको अनुभव गरिरहेकी छु। साजिद सरसँग यो मेरो तेस्रो, टाइगरसँग दोस्रो र अहमद सरसँग पहिलो हुनेछ। मैले फिल्मको स्क्रिप्ट पढिसकेकी छु। फिल्मको कथा उत्कृष्ट छ’, श्रद्धाले भनेकी छन्। श्रद्धाले साजिद नाडियालासँग यसअघि ‘बागी’ र ‘छिछिरे’ मा काम गरिसकेकी छन्। ‘छिछिरे’ अहिले पनि सुटिङकै चरणमा छ।

फिल्म ‘बागी’ को पहिलो सिरिज सन् २०१६ मा रिलिज भएको थियो। ३७ करोडको बजेटमा बनेको फिल्मले बक्स अफिसमा १ सय ३७ करोडको कमाई गरेको थियो। पहिलो संस्करण रिलिजको दुई वर्ष पछि अर्थात २०१८ मा ‘बागी २’ प्रदर्शनमा आयो। ५९ करोडमा बनेको यो फिल्मले बक्स अफिसमा २ सय ५३ करोडको कमाई गरेर रेकर्ड राखेको थियो। अहमद खानले निर्देशन गर्ने तेस्रो फिल्म सन् २०२० को मार्च ६ मा रिलिज हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed