Breaking News.... EverestOnlineKhabar
May 12, 2026

डोनाल्ड ट्रम्प र किम जोङ्ग बीच भियतनाममा भेटवार्ता

Loading

वासिङ्गटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग बीच भियतनाममा भेटवार्ता हुने भएको छ ।  यही २७-२८ फरवरीमा दुई नेताबीच कुनै बेला अमेरिकाले आक्रमण गरेको देश भियतनाममा भेटवार्ता हुने टुंगो भएको हो ।

ट्रम्पले कांग्रेसमा स्टेट अफ द युनियन भाषणका क्रममा यस्तो खुलासा गरेका हुन् । यसभन्दा पहिले यी दुई नेताबीच सन् २०१८ जुन १२ मा सिंगापुरमा भेटवार्ता भएको थियो। त्यो बेला दुई नेताबीच ९० मिनेटसम्म वार्ता भएको थियो ।

सम्बन्ध सुधार्ने प्रयास 

ट्रम्पले उत्तर कोरिया मामिलालाई लिएर अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् । तर पनि आफूसँग किम जोङ्गको सम्बन्ध धेरै राम्रो बनिसकेको प्रतिक्रिया ट्रम्पले दिएका छन् ।

भाषणका क्रममा ट्रम्पले उत्तर कोरियालाई चेतावनी पनि दिएका छन् । उनले भाषणका क्रममा यदि आफू राष्ट्रपति नभएको भए उत्तर कोरियासँग युद्ध भइसक्ने दाबी पनि गरे । ट्रम्प-किमको भेटवार्ता भियतनामको कुन स्थानमा हुन्छ भन्ने एकीन भएको छैन । भियतनामको राजधानी हनोई र तटीय शहर दा नाङ्गको नाम अहिले चर्चामा छ ।

रोयटर्स समाचार एजेन्सीका अनुसार बुधवार अमेरिकाको तर्फबाट शीर्ष वार्ताकार स्टीफन बिगन र उत्तर कोरियाको तर्फबाट वार्ताकार किम ह्योक चोलबीच कुरा गर्दैछन् ।

पहिलो वार्ता सिंगापुरमा 

सिंगापुरको सेन्टोसा द्वीपस्थित कापेला होटलमा दुई नेताबीच ९० मिनेटसम्म वार्ता भएको थियो । यसमा ३८ मिनेटको निजी कुराकानी पनि सामेल छ । यसक्रममा ट्रम्पले किमलाई पूर्ण परमाणु निरस्त्रीकरणका लागि राजी गराएका थिए । परमाणु निसश्त्रीकरणका लागि दुई नेताबीच हस्ताक्षर पनि भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.