Breaking News.... EverestOnlineKhabar
May 12, 2026

नेपालको शिक्षा क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिवद्धता:अमेरिकी राजदूत बेरी

Loading

काठमाण्डौं:नेपालका लागी अमेरिकी राजदूत ¥यान्डी बेरी र शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलबिच भेट भएको छ । मन्त्री पोखरेललाई भेट्न मन्त्रालय आउनुभएका राजदूत बेरीले नेपालको शिक्षा क्षेत्रको विकासको निम्ती अमेरिकाले सधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शिक्षाको जग बसाल्न प्राथामिक शिक्षामा बिषेश सहयोग गर्न तयार रहेको उहाँको भनाई थियो । आफुसंग शिक्षा क्षेत्रको धेरैं अनुभव भएको र शिक्षा क्षेत्र कैं व्यक्ति भएको परिचय दिदैं राजदूत बेरीले दुई पटक शिक्षा मन्त्री हुनभएका मन्त्री पोखरेल संग अनुभव साट्न र समग्र शिक्षा क्षेत्रको विकासमा सहकार्य गर्न भेट्न चाहेको बताउनुभयो । उहाँले नेपालका बिद्यालयहरुमा अग्रेजी भाषा प्रशिक्षणका लागि खटिएका स्वयमसेवकहरुलाई भिषाको प्रक्रिया सहज बनाई दिन पनि अनुरोध गर्नुभयो ।  साथैं राजदूत बेरीले १९६२ मा स्थापना भएको लिङ्कन स्कुलमा अग्रेजी भाषा पढ्न चाहने बिद्यार्थीहरुलाई सहज वातावरण मिलाई दिन पनि नेपाल सरकार समक्ष अनुरोध गर्नुभयो ।
भेटमा मन्त्री पोखरेलले शिक्षामा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पुर्याउँदै आएकोमा अमेरिकी सरकारलाई बिषेश धन्यवाद ज्ञापन व्यक्त गर्दे सहयोगको निरन्तरताको अपेक्षा पनि गरिएको बताउनुभयो । बिद्यालय क्षेत्र सुधार कार्यक्रम, राष्ट्रिय प्राराम्भिक कक्षा पढाइ कार्यक्रमले १० लाख बालबालिका लाभान्वित भएको स्मरण गर्दै मन्त्री पोखरेलले यस्ता कार्यक्रमको सकारात्मक नतिजालाई हेरेर नेपाल सरकारले क्रमैसंग सबै जिल्लामा विस्तार गर्ने नीति शुरु गरिसकेको जानकारी दिनुभयो ।
मन्त्री पोखरेलले भन्नुभयो ः नेपालका विद्यार्थीहरुले  फूलब्राईट छात्रबृत्ति मार्फत अमेरिकामा उच्च शिक्षाका अवसर प्राप्त गरेको विषय,  नेपालका विद्यालयहरुमा अंग्रजी भाषाको प्रबर्द्धनका लागि पिसक्रप्स भोलेन्टियर मार्फत पुर्याइएको योगदानका साथै भूकम्प पछिको विद्यालय पूननिर्माणमा प्राप्त अमेरिकी सहयोगको उच्च मूल्याङ्कन गर्न चाहन्छु ।
युवा जनशक्ति लाई श्रम प्रति उन्मूख गर्दै श्रमलाई सीप संग, सीपलाई आय आर्जनसंग र आयआर्जनलाई संबृद्धिसंग जोड्ने अभियानमा नेपाल सरकार रहेको बताउँदैं मन्त्री पोखरेलले प्राविधिक शिक्षामा जोड दिने कार्यक्रममा सहकार्यको अपेक्षा राखिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.