Breaking News.... EverestOnlineKhabar
May 11, 2026

सोनाली क्यान्सरलाई जितेर फेरी बलिउडमा

Loading

लामो समय क्यान्सरसँग लडेकी बलिउडकी सुन्दर नायिकामध्ये एक सोनाली बान्द्रे फेरि पुरानैं कर्ममा आउँने भएकी छिन् । उनले क्यान्सरलाई जितेपछि लामो समयपछि अब फिल्ममा फर्किएकी छिन् ।

उनले यसबारे आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत जानकारी दिएकी छिन् । सेतो पहिरनमा एक फोटो पोष्ट गर्दै उनले क्याप्सन लेखेकी छिन्, ‘लामो आरामपछि सेटमा आइरहेकी छु ।

काममा पुनः फर्किँदा अचम्मको महसुस भइरहेको छ । मसँग आफ्ना मनको भावना पोख्नका लागि शब्द नै छैन् । क्यामरालाई फेस गर्नु अलग अनुभव हो ।’ उनको यो घोषणासँगैं उनका देश विदेशमा रहेका लाखौं सर्मथकहरुमा खुःशी छाएको छ । उनि अभिनित फिल्म आग,हम साथ साथ हे ,कहर,हमर दिल आपके पास हे ,दिल हि दिल मे,लभ के लिय कुच भी करेगा,मिसन सपने लगाएतका छन् कुनै बेलाकी व्यस्त नायिका सोनालिले अब फेरी बलिउडमा कस्तो सम्भावना देखाउने छिन त्यो भने पछि नै थाहा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.