![]()
काठमाडाैं – युएई विरुद्धको एकदिवसीय र टी-२० सिरिज जितेको नेपाली टोली स्वदेश आइपुगेको छ। नेपाली टोली दिउँसो करिब ४ बजे त्रिभुवन विमानस्थल आइपुगेको हो। टोलीलाई स्वागत गर्न नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, राखेपका सदस्य सचिव केशवकुमार विष्ट लगायत खेलकुद पदाधिकारीसँगै सयौंको संख्यामा खेलप्रेमिहरु विमानस्थल पुगेका छन्। समर्थकहरुले क्रिकेट टोलीको स्वागतमा नेपालकाे झण्डा बाेक्दै ‘नेपाल नेपाल’ भन्दै नारावाजी गरिरहेका छन्।
युएई विरुद्धको एकदिवसीय र टी-२० दुबै श्रृङ्खला नेपालले समान २-१ ले आफ्नो पक्षमा पार्दै इतिहास रचेको थियो।


