Breaking News.... EverestOnlineKhabar
May 10, 2026

के हो क्यान्सर ? नेपालमा पाइने प्रमुख क्यान्सर र त्यसको कारण ,क्यान्सरबाट बच्ने उपाय  

Loading

क्यासर नसर्ने रोग हो । क्यान्सरलाई घातक रोग भनेर चिनिन्छ । यो रोग सबै उमेर समुहको लाई लाग्न सक्छ । शरीरको जुनसुकै अंगमा प्रभावित पार्छ । हाम्रो शरीरमा २ सयभन्दा बढि विभिन्न प्रकारको खर्बौ स–साना कोष र कोषिकाहरु मिलेर बनेको हुन्छ । यसमा कोषिकाहरुको एक समूहको अनियन्त्रित वृद्धि या सामान्य भन्दा धेरै फैलिन्छ । र अरु स्वस्थ कोशिकाहरुलाई पनि क्षति पुर्‍याउँछ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार प्रतिवर्ष विश्वमा करिब १ करोड २० लाख नयाँ क्यान्सरका विरामी देखिन्छन् । भने वर्षेनी ७५ लाख क्यान्सर पिडितको मृत्यु हुने गरेको छ । अहिले विश्वमा फोक्सो, स्तन, पाठेघर, आमाशय र मुखको क्यान्सर हुने धेरै छन् । विश्वमा कुल मृत्यु हुने करिब १३ प्रतिशत कारक तत्व क्यान्सर बनेको छ । यो तथ्यांकले देखाउँछ क्यान्सर मानव मृत्युको भयानक कारण बनिरहेको छ ।

क्यान्सर आफैँमा भनायक रोग हो । तर यो रोग लाग्दैमा आत्तिहाल्नु भने पर्दैन वेलैमा उपचार गरेमा निको हुन्छ । त्यसको लागि नियमित रुपमा जाँच गर्नु र डाक्टरको परामर्श लिनुपर्छ । सुरुवातको चरणमै उपचार गरेमा क्यान्सर पुर्णत निको हुन्छ । खासमा समस्या भएको के हो भने अझै पनि ९० प्रतिशत क्यान्सर रोगी अन्तिम चरणमा मात्र अस्पताल पुग्ने गर्छन् ।

क्यान्सर हुनुको मुख्य कारण
–गलत खानपान र बद्लिदो जीवनशैली नै प्रमुख कारण हो ।
–अखाद्य वस्तुको प्रयोग । जस्तैः किटनाशक औषधि र रसायनिक मलको प्रयोग भएको खानेकुरा, हानिकारक रंग मिसाइएको खानेकुरा, धैरै नुन भएको खानेकुरा, गालेको अचार आदि
–वंशाणुगत भएकोले आफ्नो सन्तानलाई हुने सम्भावना बढि रहन्छ ।
–धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन
–हानिकारक रसायनिक तत्व, विकिरणको सम्पर्कमा रहेमा
–बच्चा धेरै जन्माउने वा कम उमेरमा बच्चा जन्माउने महिलाहरुलाई
–शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएकोलाई
–शरीरको कुनैपनि भागमा लगातार घर्षण भएमा त्यँहाको कोष तथा कोषिकामा असामन्य परिवर्तन भएर क्यान्सर हुन सक्छ ।
–सामाजिक तथा आर्थिक अवस्था कमजोर भएकालाई

नेपालमा पाइने प्रमुख क्यान्सर र त्यसको कारण 
गर्भाशयको क्यान्सर
सानै उमेरमा विवाह गर्नु, प्रसुती व्यथा लामो समयसम्म लाग्नु, प्रसव व्यथाका क्रममा चोट लाग्नु र त्यो ठिक हुनु अगावै गर्भधारण भएमा गर्भाशयको क्यान्सर हुनुको मुख्य कारण हो । गर्भाशयको क्यान्सर भएमा यौनसम्पर्क गर्दा पिडा हुने, महिनावारीपछि पनि रक्तश्राव हुने, योनीबाट दुर्गन्ध पानी बग्ने, खुट्टा तथा कम्मर दुख्ने, पिसाब गर्दा पिडा महसुस हुने गर्दछ ।

सर्भाइकल (पाठेघरको मुखको) क्यान्सर
सर्भाइकल क्यान्सर भएमा योनीबाट असामान्य रुपमा रक्तश्राव हुन्छ, त्यसको साथै योनीबाट सेतो गन्हाउने पानी बग्छ । त्यस्तै, शरीरमा रगतको कमी हुनुका साथै खान मन नलाग्ने, तौल कम हुने तथा पिसाब सम्बन्धि समस्या हुन्छ ।

आमाशयको क्यान्सर
पेट दुख्नु, भोक नलाग्नु, रगत वान्ता हुनु, शरीरमा रगतको कमी हुनु तथा दिशा गर्दा रगत निस्कनु आमाशयको क्यान्सरको संकेत हो ।

रक्त क्यान्सर
एक्सरे, सिटी स्क्यान लगायतबाट निस्कने विकिरण शरीर भित्र प्रवेश गरेमा यसले शरीर भित्रको हड्डीका साथै रक्तकोषिकालाई समेत प्रभावित गर्छ । मुख तथा नाकबाट रगत बग्नु, शौच गर्दा रगत निस्कनु, जोर्नी तथा हड्डीमा दुखाई महसुस हुनु, लगातार ज्वरो आउनु, निरन्तर पखाला लाग्नु, सास लिनमा कठिनाई हुनु, शरीरमा गाठागुठीका साथै नीलो डाम देखिनु, शरीरमा बारम्बार संक्रमण हुनु पनि रक्तक्यान्सरको प्रमुख लक्षणहरु हुन् ।

मुखको क्यान्सर
सुर्तीजन्य पदार्थको सेवन नै मुख तथा घाँटीको क्यान्सरको प्रमुख कारण हो । मुखभित्र कुनै गाँठो आएमा, घाउ वा पित्त बनेमा, मुखमा सुेतो दाग आएमा, र्‍याल बगेमा, मुखबाट दुर्गन्ध निस्किएमा, मुख खोल्न, बन्द गर्न वा कुनै खानेकुरा निल्नमा समस्या भएमा पनि मुखको क्यान्सर हुनसक्छ ।

ब्रेन क्यान्सर
मस्तिकमा कोषिकाहरुको असामान्य वृद्धिलाई नै ब्रेन क्यान्सर भनिन्छ । ब्रेन क्यान्सर भएमा मस्तिष्कमा गाँठा देखिने गर्दछ । जसका कारण बारम्बार टाउको दुख्ने, चक्कर आउने, याददास कम हुँदै जाने, आँखा धमिलो देखिने, शरीर असन्तुलित हुने, व्यवहारमा परिवर्तन आउने, कुनै कुरा ठम्याउनमा कठिनाई हुन्छ । लक्षणहरु, जसले क्यान्सरको संकेत गर्छः
–शरीरको कुनै पनि अंग वा भागमा निरन्तर दुखाई महसुस भएमा
–यदि शरीरको तौल १ सातामै १० प्रतिशत सम्म कम भएमा
– शरीरमा थकान महसुस भएमा या कमजोरी भएमा
–दिशा पिसावको रंग बदलिएमा
–बेस्सरी ज्वरो आउनु र निको नहुनु
–शरीरमा रगतको कमी हुनु
–घाँटी तथा अन्य अंगमा गाँठागुठी देखिनु
–महिनावारी हुँदा अधिक रक्तस्राब हुनु
–खोक्दा रगत देखा पर्नु
–लगातार खोकी लाग्नु र औषधी खाँदा पनि निको नहुनु

स्तन क्यान्सर

शरीरका अन्य अंगहरुमा जस्तै महिलाको स्तनमा पनि कोषहरु बन्ने र नष्ट हुने क्रिया भैरहेको हुन्छ । स्तनमा रहेका कोषहरु मर्ने र असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना रहन्छ ।

कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुने गरेको चिकित्सक बताउँछन् । तर, जब छिटो–छिटो र अत्यधिक मात्रामा कोषहरूको वृद्धि र विभाजन हुन्छ, तब पुराना कोषहरू टाँसिएर पुरानै ठाउँमा रही रहन्छन् । त्यसपछि मात्र स्तनमा गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुने क्यान्सर।

स्तनमा भएका कोषमा असामान्य परिवर्तन आएर अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी, स्तनको छालामा हुने परिर्वतन, निप्पल भित्रतिर भासिने, स्तनबाट रगत बग्ने र घाउ निको नहुने, स्तन क्यान्सरका लक्षण हुन् । यस्ता लक्षणहरुले क्यान्सर नै हुन्छ भन्ने छैन।

कहिलेकाहिँ अरु कारणले पनि यस्ता लक्षणहरु देखिन सक्छन् । क्यान्सर हुने प्रकृतिका ट्युमरले आफ्नो वरिपरी रहेका तन्तुहरु नष्ट गर्छन् । यस्ता ट्युमर शरीरका अन्य भागहरुमा फैलिन सक्ने डा. घिमिरेको भनाई छ ।

यस्ता ट्युमरलाई शल्यक्रिया गरेर शरीरबाट फाले पनि फेरि उत्पन्न हुन सक्ने सम्भावना हुन्छ । स्तन क्यान्सर प्रायजसो दूध उत्पादन हुने नलीबाट सुरु हुन्छ र शरीरको अन्य कुनै पनि भागमा फैलन सक्छ । स्तन क्यान्सर फैलिएर कलेजो, फोक्सो, मस्तिष्क जस्ता शरीरका अन्य भागमा पनि ट्युमर हुन सक्छ ।

विश्वभर महिलामा हुने क्यान्सर मध्ये स्तन क्यान्सर पहिलो नम्बरमा पर्छ। नेपालमा भने पाठेघरको मुखको क्यान्सर हुने बिरामीको संख्या सबै भन्दा धेरै छ । त्यसपछि स्तन क्यान्सर हुने बिरामीको संख्या दोस्रो नम्बरमा रहेको छ ।

जीवनशैली, मोटोपन, शरीरिक व्यायामको कमी, जाड रक्सीको सेवन, अस्वस्थकर खानपान, महिनावारी नियमित नहुनु, महिनावारी समयभन्दा ढिलो वा छिटो सुक्नु, बढी उमेरमा बच्चा जन्माउनु, वंशाणुगत लगाएतका कारणले महिलाहरुमा स्तन क्यान्सर हुने गर्छ । त्यस्तै स्तनपान नगराएका महिला, लामो समयसम्म गर्भनिरोध चक्कीको सेवन गरिरहेका महिलाहरुमा समेत स्तन क्यान्सर हुने जोखिम हुन्छ ।

महिलाहरुमा स्तन क्यान्सर सुरु हुने बित्तिकै पत्ता लगाउन सकिने डा.घिमिरे बताउँछन् । विदेशमा ९० प्रतिशत महिलाहरु स्तन क्यान्सरको पहिलो स्टेजमा नै अस्पताल पुग्छन् । नेपालमा अन्य क्यान्सरका करिब दुईतिहाई विरामी तेस्रो र चौथो स्टेजमा अस्पताल पुग्ने गरेको चिकित्सकले बताएका छन् । तर स्तन क्यान्सरमा भने धेरै बिरामी दोस्रो स्टेजमा नै अस्पताल पुग्ने गरेका छन् । स्तन क्यान्सर अन्य क्यान्सरको तुलनामा छिटो थाहा हुने भएका कारण अन्य क्यान्सरको तुलनामा स्तन क्यान्सरका बिरामी बाँच्ने दर बढी हुन्छ । पहिलेको तुलनामा अचेल क्यान्सरका बारेमा मानिस सचेत भइरहेका छन् ।

विकसित मुलुकमा ४० वर्ष पछि मात्र स्तन क्यान्सर हुने गरेको पाइएको छ । नेपालमा भने ३५ वर्षदेखि नै महिलाहरुमा स्तनको समस्या देखिने गरेको पाइएको छ । डा. घिमिरेले भने, ‘यसको कारण यही हो भनेर पत्ता लाग्न सकेको छैन, १७–१८ वर्षका किशोरीमा समेत स्तन क्यान्सर भएको पाइएको छ। तर सामान्यतयाः स्तन क्यान्सर ४० वर्ष भन्दा माथिका महिलामा देखिन्छ ।’

नियमित शारीरिक व्यायाम, स्वस्थकर खानपान, उपयुक्त उमेरमा बच्चा जन्माउने, स्तनपान गराउने, समय–समयमा स्तनको चेकजाँच गराउने, लामो समयसम्म गर्भ निरोधक चक्कीहरुको प्रयोग नगर्ने जस्ता कुरामा ध्यान दिन सके केही हदसम्म स्तन क्यान्सरबाट जोगिन सकिने डाक्टरहरुको सुझाव छ ।

अझै पनि महिलाहरुमा क्यान्सर भएमा बाँचिदैन भन्ने डर रहेको पाइन्छ । तर समयमै क्यान्सर पत्ता लागेर पहिलो र दोस्रो स्टेजमा नै उपचार हुन सकेमा क्यान्सरका बिरामी पनि अन्य सामान्य व्यक्ति सरह जीवनयापन गर्न सक्छन् ।

फोक्सोको क्यान्सर

अन्य विभिन्न क्यान्सर मध्ये फोक्सोको क्यान्सर पनि एक प्रमुख नै मानिन्छ । फोक्सोको क्यान्सर विशेष गरी सूर्तीजन्य पखार्थको सेवन गर्ने व्यक्तिहरुमा धेरै देखिने गरेको छ ।

क्यान्सरबाट बच्ने उपाय

विभिन्न उपाय अपनाएर सबै प्रकारका क्यान्सहरु बाच बच्न सकिन्छ भन्ने नभएता पनि यस्ता सावधानी अपनाउँ केही हदसम्म क्यान्सर रोग लाग्नबाट बच्न सकिन्छ ।

१. धुम्रपान तथा सुर्तिजन्य वस्तु सेवन नगर्ने

२. खानपानमा ध्यान पुर्याउने

३. पर्याप्त व्यायाम गर्ने

४. जीवनशैली परिवर्तन

५. बोसोयुक्त मासु नखाने

६. तारेको, पोलेको खाना नखाने

७. नुन तथा पुराना अचार कम खाने

८. समयमै बच्चा जन्माउने

९. बच्चालाई स्तनपान गराउने

१०. नियमित स्वास्थ्यपरिक्षण गराउने

११. सरसफाईमा विशेष ध्यान दिने

कुन अवस्थामा अस्पताल जाने ?

क्यान्सर भएको पहिलो र दोस्रो स्टेजमा अस्पताल पुगे भने समयमा नै क्यान्सर रोगका विरामी निको हुने गरेका छन् । नेपालको सन्दर्भमा प्रायः जसो क्यान्सर लागेका मानिसहरु तेश्रो र चौथो स्टेजमा अस्पताल पुग्ने गरेको पाईएको छ । यो स्टेजमा बिरामी अस्पताल पुग्दा धेरै ढिलो भएसको हुन्छ ।

क्यान्सरक जोखिम ४० वर्ष कटेका व्यक्तिहरुमा रहेको चिकित्सकले बताएका छन् । तर पछिल्लो समयमा क्यान्सर जुनसुकै उमेरमा पनि लाग्ने गरेको छ ।

यद्यपि ४० वर्ष पार गरिसको व्यक्तिले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्न जरुरी छ । यो उमेर पार गरेका व्यक्तिहरुले समय–समयमा स्वास्थ्य परीक्षण गराउनु पर्छ ।

क्यान्सरको उपचार

क्यान्सरको उपचार गर्ने चिकित्सकलाई अन्कोलोजिस्ट भनिन्छ । अन्कोलोजिस्टलाई तीन श्रेणीमा विभाजित गरिन्छ, जसमा सर्जिकल अन्कोलोेजिस्ट, मेडिकल अन्कोलोजिस्ट तथा रेडियो अन्कोलोजिस्ट पर्छन् ।

१.सर्जिकल अन्कोलोेजी–शल्यक्रियाद्वारा क्यान्सरको उपचार गर्ने विधिलाई सर्जिकल अन्कोलोजी भनिन्छ । यस विधीमा चिकित्सकहरुले क्यान्सरको प्रकृति र अंगको आधारमा शल्यक्रिया गर्ने गर्दछन् ।

२. मेडिकल अन्कोलोजी–औषधीको प्रयोगद्वारा क्यान्सर रोगको उपचार गर्ने विधिलाई मेडिकल अन्कोलोजी भनिन्छ । जस अन्र्तगत केमोथेरापी पनि पर्ने गर्दछ ।

३. रेडियो अन्कालोजी–यसले क्यान्सर रोगका आक्रमान्त कोषहरुलाई नष्ट गर्ने गर्छ । तर पछिल्लो समयमा क्यान्सरका कोषिका र तन्तुहरुलाई जोगाएर क्यान्सर रोगसँग लड्ने क्षमतालाई नष्ट गर्ने प्रविधि भित्री सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.