Breaking News.... EverestOnlineKhabar
June 19, 2026

बेलायत संसदमा सरकारको ऐतिहासिक हार

Loading

लण्डन : यूरोपियन युनियनबाट आफ्नो देशलाई अलग्याउने प्रस्तावसहितको प्रधानमन्त्री टेरेसा मेको ‘ब्रेक्जिट डील’ लाई बेलायत संसदले अस्वीकृत गरिदिएको छ ।

मंगलबार बसेको संसद बैठकमा प्रधानमन्त्री टेरेसाले पेश गरेको सरकारको प्रस्ताव पक्षमा जम्मा २ सय २ जना सांसदले समर्थन जनाए भने विपक्षमा ४ सय ३२ सांसद थिए ।

त्यसो त प्रधानमन्त्री टेरेसाको पार्टी कन्जरभेटिभकै १ सय १८ सांसदले पनि उनको विपक्षमा मत जाहेर गरेका छन् ।

केही महिनायता यूरोपियन युनियनबाट बेलायत अलग गर्न प्रधानमन्त्रीको पहल जारी रहँदा स्वयं प्रधानमन्त्रीको प्रस्ताव संसदबाटै अस्वीकृत भएको हो । यसले बेलायतमा प्रधानमन्त्री टेरेसा मे को राजनीति नै संकट ल्याउने संकेत हुन थालेको अन्तर्राष्ट्रिय मिडियाले टिप्पणी गरेका छन् ।

सरकारकै प्रस्ताव संसदबाट अस्वीकृत भएको बेलायतको संसदीय अभ्यासमै यो पहिलो घटना समेत हो । जसले गर्दा प्रधानमन्त्री टेरेसामाथि नैतिक संकट उत्पन्न भएको छ ।

यद्यपि बुधबार उनको प्रस्तावमाथि छलफल र बहस भएपछि उनले सरकारमा विश्वासको मत लिनु पर्ने छ । यसबाटै उनको राजनीतिक यात्रा तय हुने छ ।

त्यसो त केही महिनायता बेलायतमा उनको विपक्षमा विभिन्न प्रकृतिका अभियान हुँदैआएका छन् । यूरोपियन युनियनबाट अलगिने उनको प्रस्ताव सार्वजनिक भएसँगै मे को विपक्षमा अभियान हुँदै आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed