Breaking News.... EverestOnlineKhabar
June 19, 2026

देशको लागि आफू कसैसँग नडराउने र गोली खान पनि तयार :सचिव विद्यानाथ झा

Loading

 सचिव विद्यानाथ झाले देशको लागि आफू कसैसँग नडराउने र गोली खान पनि तयार रहने बताएका छन्।

आइतबार  प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादवले झापड हानेको विषयमा बोल्दै झाले यस्तो बताएका हुन्। ‘देशको सुशासन र भलाइका लागि थप्पड त के कुनै दिन लाठ्ठी, भाला र बन्दुकको गोली खाँदा पनि गर्व अनुभूति गर्छु,’झाले भने।

देशको लागि सहिद हुनु परेको दिन आफ्नो जीवनकै उत्कृष्ट दिन हुने उनको भनाइ छ।

जनकपुरमा योग्यता, क्षमता, इमान्दारिमा जातीयता हाबी भएको बताउँदै उनले भने, ‘यहाँ जातीयता हाबी भएकाले यो घटनालाई जातीय आधारमा हेर्दै छन्।’

यो घटनालाई जातीय हिसाबले समर्थन वा विरोध नगर्न र यसलाई कानुनी रुपमा नै हेर्न उनले आग्रह गरेका छन्।

आफूले यसअघि पनि राम्रो काम गर्दा दुःख भोग्नुपरेको बताउँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘केही कर्मचारी चुप लागेर अनियमितता गर्छन्, सबैलाई मिलाउन सक्ने बन्छन्। म अनियमितता सहन सक्दिनँ। त्यसैले बारम्बार समस्यामा पर्छु।’

आफू मन्त्रालयमा आउनुभन्दा अघि अनियमितता भएको ७०० लिटर डिजेल जाने ठाउँमा ७० लिटरभन्दा कम डिजेल पठाउने गरेको उनले बताए।

यसरी गरिब जनताका लागि लड्दा बिचौलिया रिसाएर कुटपिट गरे वा मारे पनि आफू नडराउने उनले बताए।

एनजिओको चयनका लागि अनेक अनियमित दबाब भएको बताउँदै उनले भने, ‘एउटा जिल्ला अध्यक्ष तहकै  राजनीतिज्ञले वन मन्त्रीकै अगाडि सहिद बनाइदिन्छु  भन्नुभयो। तर डर, त्रास, लोभ, लालच सबभन्दा माथि उठेर रिजल्ट निकाल्दा यो नतिजा भोग्नु पर्यो।’

आफूले गल्ती गरेको सावित भए जस्तो सजाय पनि भोग्न तयार भएको उनले बताएका छन्।  राम्रो काम गर्दा थप्पड खानुपर्ने ? उनले भने।
न्यायको लागि अवाज उठाउँदा मानसिक सन्तुलन गुमाएका सम्मका अपमान खप्नु परेको उनले गुनासो गरेका छन्।

पिटाई खाएर भावावेगमा बोली नियन्त्रणमा राख्न नसकेको आफूले बताए।   आफूले गल्ती गरेको भए बारहबिघामा लगेर झुन्ड्याए हुने पनि उनले बताए।

जातभन्दा माथि उठेर सत्यको संघर्षमा आफूलाई साथ दिन उनले आह्वान गरेका छन्।

प्रदेश नम्बर २ का संघीय समाजवादी फोरम नेपालका तर्फबाट मन्त्री बनेका यादवले आइतबार उद्योग, वन, पर्यटन तथा वातावण मन्त्रालयका सचिव झालाई सभामुख र प्रदेशसभा सदस्यकै अगाडि कुटपिट गरेका थिए।

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई कार्यकक्षमै हात हालेपछि प्रदेश २ को सरकारले छानबिन समिति नै गठन गरेको छ। समितिलाई एक साताको समय दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed