![]()
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विराटनगर वारियर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवा ग्लाडियट्स प्लेअफमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिविक्रिकेट मैदानमा भएको खेलमा विराटनगर वारियर्सले दिएको ९२ रनको लक्ष्य भैरहवाले १९.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।
यसअघि पहिलो ब्याटिङ गरेको विराटनगरका भान डेर मारवेले २५ रन, करण केसीले १८ रन, सुमित महर्जन १५ र हरि चौहानले अविजित १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
विराटनगरका आसिफ शेख र रोविन क्षेत्री शुन्य रनमा आउट हुँदा ओपनिङमा आएका कप्तान पारस खड्का एक रन, अनिल शाह ४ रन र बाबर हायत ६ रन बनाएर पवेलियन फर्किएका थिए ।
भैरहवाले तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै ६ अंक सहित प्लेअफमा स्थान बनाएको छ भने पहिलो पराजय व्यहोरेको विराटनगरको ४ अंक रहेको छ ।


